४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुपन्देहीमा एमाले सरकारका विरुद्ध एमाले केन्द्रीय सचिव सडक आन्दोलनमा



बुटवल । एमाले अध्यक्ष केपी ओली नेतृत्वको विरोधमा एमालेका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभामा निर्वाचित सांसद छबिलाल विश्वकर्मा सडक आन्दोलनमा उत्रिएका छन् । भैरहवा परासी सडक खण्डको सेमरहवामा समयमै सडक मर्मत नभएको भन्दै एमालेका केन्द्रीय सचिव समेत रहेका विश्वकर्मा आफ्नै पार्टीको सरकारका विरुद्ध सडकमा उत्रिएका हुन् ।

शुक्रबार बिहानदेखि भैरहवा परासी सडक खण्डको सेमरहवामा प्रतिनिधी सभामा निर्वाचित सांसद विश्वकर्माको अगुवाईमा प्रदेशसभा सदस्य आशिष चौधरी र रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव सहित स्थानीयले सडकमा धर्ना दिएका छन् ।

सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले विशेष मर्मत शिर्षक अन्तर्गत २ बर्ष अगाडी ठेक्का सम्झौता गरेतापनि अहिले सम्म मर्मत नभएपछि दबाब स्वरुप सडकमा धर्नामा बसेको सांसद विश्वकर्माले बताए ।

उक्त सडक ६८ लाख लागतमा मर्मत गर्नेगरी निर्माण कम्पनि ओमकार बिल्डर्सले ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले अहिलेसम्म कामै शुरु नगरेपछि जनप्रतिनिधीहरु यसरी सडकमा उत्रिएका हुन् ।

जनप्रतिनिधीहरु सडकमा धर्ना बसे लगत्तै सडक डिभिजन कार्यालय बुटवलले निर्माण व्यवसायीलाई फिल्डमै बोलाएर कागज गराएको छ। सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनीयर महेश्वर लम्सालले निर्माण व्यवसायीले अबको १० दिनभित्र काम सम्पन्न गर्ने लिखित कागज गरेको जानकारी दिए ।

समयमा काम नगरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले ठेक्का रकमको १० प्रतिशत जरिवाना समेत लिईसकेको छ। लिखित सम्झौता गरेको १० दिनभित्र कालोपत्रे नगरे ठेक्का सम्झौता तोडेर निर्माण कम्पनीलाई कालोसूचीका लागी सिफारिस गरिने उनले बताए ।

निर्माण व्यवसायी ओमप्रकाश भण्डारीले शुक्रबारदेखि नै सडकमा काम सुरु गरि १० दिन भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे।

भैरहवा परासी सडक खण्डमा यतिबेला नयाँ उद्योगहरु समेत स्थापना भईरहेका छन्। तर निर्माण व्यवसायीले सडक खनेर यत्तिकै छाडिदिएपछि उक्त सडकमा सवारी आवगमनमा समस्या भएको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ८ : ४१ बजे

दसैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री

काठमाडौं । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण

सिद्धबाबा सुरुङमार्गमा २४ सै घण्टा काम हुँदै, ३ मध्य २ वटा बाइपास सुरुङको ‘ब्रेक थ्रू’

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई

रुपन्देहीमा एमाले सरकारका विरुद्ध एमाले केन्द्रीय सचिव सडक आन्दोलनमा

बुटवल । एमाले अध्यक्ष केपी ओली नेतृत्वको विरोधमा एमालेका केन्द्रीय

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन