१८ चैत्र २०८१, सोमबार | March 31, 2025

पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान



कञ्चनपुर । पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थलको भ्रमण नगरी काठमाडौँ र पोखरातर्फ लाग्ने गरेका छन् ।

अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधैँ काठमाडौँ पोखरालगायत सहर घुम्न जाने गरेको बताए । “अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ”, उनले भने, “गत वर्षको तुलनामा यो वर्ष विदेशी पर्यटक आउनेक्रम बढेको छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटन विकासको सम्भावयुक्त क्षेत्र हो । सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्ड र घाँसेमैदान यहाँ आउने पर्यटकको मुख्य आकर्षण हन् । यहाँ शुक्लाफाँटा मात्र नभई महाकालीपारिका दोधारा र चाँदनी गाउँलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल पनि छ । धार्मिक महत्वका पर्यटकीयस्थल पनि छन् । बेदकोट र झिलीमिली तालसम्म सहज पहुँच नहुँदा यी क्षेत्र ओझेलमा परेका छन् ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले यहाँको पर्यटनको विकासका लागि राज्य स्तरबाट लगानी हुन नसकेको बताए । “यहाँ पर्यटनको प्रचुर सम्भावना छ तर पूर्वाधार र प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा छ”, उनले भने ।

कञ्चनपुरका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले पूर्वाधार र सुविधा नहुँदा यहाँ आएका पर्यटक अन्यत्र बासबस्ने गरेका बताए । “प्रचारप्रसार र पूर्वाधार अभाव नै यहाँ पर्यटक नबस्ने प्रमुख कारण हुन्”, उनले भने, “नाकामा पर्यटक सूचना केन्द्रसमेत सञ्चालनमा आउन सकेको छैन ।” योसँगै हवाई यातायात पनि सञ्चालनमा आउन जरुरी रहेको उनले बताए ।

त्यसैगरी यहाँ पर्यटकीय गन्तव्यको रूपमा महाकाली नदी किनार विकसित हुन थालेको छ । महाकाली पुल योजना कार्यालयले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पर्यटकका लागि चारवटा ताल पनि निर्माण गर्न लागेको छ । तालका समीप पाँच हजार बिरुवा पनि रोप्ने योजना छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ८ : ३९ बजे

नेताहरुद्वारा वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धान्जली अर्पण

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण

राजेन्द्र लिङ्देनले भने – युवापुस्ताले गणतन्त्र उल्ट्याउँछ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब

तीनकुने घटनामा संलग्न जो सुकै भएपनि कडा कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा

माकलबारीमा गाडिएको शव फेला, छ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा राप्रपा सांसदद्वारा अवरोध प्रयास

काठमाडौं । प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका