३ आश्विन २०८१, बिहिबार | September 19, 2024

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न



बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा शसक्त बालिका परियोजना अन्तर्गत गुलरिया नगरपालिका मातहतका ४६ वटा सामुदायिक बिद्यालयका शिक्षकहरुबीच अन्तरक्रियात्मक तालिम संचालन गरिएको छ ।

शिक्षकहरुलाई बिद्यार्थीहरुको सिकाई प्रकृया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि तालिम संचालन गरिएको बाँके युनेस्को क्लवले जनाएको छ । बिद्यार्र्थीहरुको मानसपटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, बिद्यार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाईसहितको उद्देश्य सहित अन्तरक्रियात्मक तालिम संचालन गरिएको क्लवका संरक्षक प्रवेजअलि सिद्दिकीले बताए ।

तालिमको सहजिकरण मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल तथा ठाकुरबाबा नगरपालिकाका शिषु बालमन्दिरका प्रधानाध्यापक शंकर प्रसाद आर्चायले गरेका सथए । तालिममा बाँके युनेस्को क्लवका परियोजना कार्यक्रम अधिकृत इृश्वर बि.क, अनुगमन तथा मुल्याङ्कन अधिकृत अनु चौधरी, फिल्ड सुपरभाईजर भगवती बि.कको समेत उपस्थिती रहेको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै तालिमका सहभागी सुजना भुषालले यस कार्यशाला गोष्ठी अतिनै उपलब्धिमुलक रहेको बताइन् । परियोजनाले बिद्यालयको शैक्षिक गुणस्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृत्व विकास र अध्ययन रुचीमा सहयोग पुगिरहेको उल्लेख गर्दै उनले पालिकाले यस्ता खालका क्षमता अभिबृद्धि कार्यक्रमहरुलाई निरन्तरता दिन माग गरिन् ।

शिक्षिका सरला रेग्मीका अनुसार बिद्यालयमा बिद्यार्थीको अत्याधिक संख्या रहेको तर सो अनुसार शिक्षकको व्यवस्थापन नगर्दा शिक्षकहरु मर्कामा परेको हिभागीहरुले गुनासो गरेका थिए । शिक्षक ब्यवस्थापन हुन नसकेका कारण मुल्याङ्कन पद्धतिलाई पुर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको अवस्थामा अभिमुखीकरण कार्यक्रमले सहज हुने शिक्षिक रेग्मीको बिश्वास रहेको छ । उनले बिद्यार्थी अनुसारको शिक्षकको व्यवस्थापन लागि गुलरिया नगरपालिकाले ध्यान पुराउनु पर्ने बताइन् ।

तालिममा १४० जना कक्षा १ देखि कक्षा ३ सम्मका शिक्षकहरुको सहभागिता रहेको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १० : २७ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day