३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान



काठमाडौँ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतसहित राजदूतमा सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्का फरक(फरक बैठकले यादवलाई अस्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो । यादव कांग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन् । प्रधानन्यायाधीशमा प्रस्तावित राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालका सम्बन्धमा १० दिको समय दिएर सार्वजनिक उजुरीको सूचना प्रकाशित हुने छ र त्यसपछि मात्र थप सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ ।

परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरिषद्को साउन ३१ को बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो भने यादवलाई भदौ २४ को मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  २ : २१ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day