३ आश्विन २०८१, बिहिबार | September 19, 2024

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु, बाँकेमा बुधबार साँझ घाईते भएका थप एकजनाको मृत्यु



दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ ।

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उता बाँके राप्तीसोनारीको अगैया नेपालगन्ज हुलाकी सडकमा बुधबार साँझ दुई मोटरसाइकल ठोक्किएर घाईते भएका मध्य १ जनाको मृत्यु भएको छ । नेपालगन्ज नेर्सिङ होममा उपचाररत स्थानीय नेरा मावि धामपुरमा कार्यरत शिक्षक अजय चौधरी को निधन भएको हो । दुर्घटनाबाट दुबै मोटरसाइक चालकको घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १२ : ३२ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day