३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सामाजिक अभियन्ता लिलबहादुरलाई धौलागिरीमा सम्मान



नेपालगन्ज । अमेरिकामा बसेर नेपालमा सामाजिक अभियान चलाउँदै आएका बाँकेको खजुराका अभियन्ता लिलबहादुर थापालाई खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित प्रगतीशिल आमा समुह धौलागिरीले सम्मान गरेको छ । आमा समुहले समाजसेवी थापा र सारथीहरुका लागी एक औपचारीक कार्यक्रमको आयोजना गरि थापालाई सम्मान गरेको हो ।

दिनदुखीका लागी सधै सहयोगी बनेर उभिँदै आएका खजुरा ४ डि गाउँका थापाले गरेको सेवा भावको उच्च कदर गर्दै आमा समुहले सम्मान गरेको जनाएको छ । आमा समुहले समाजसेवी थापाको सम्मानमा सन्ध्याकालिन चियापानको आयोजना गरेको थियो भने गाउँका आमाहरुले थापालाई फुलमाला सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

ोि अवसरमा बोल्दै आमा समुहले बचत गरि जोडेको जमिनमा समाजसेवी लिल बहादुर थापाले भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । आमा समुहले गाउँमा हुने पुजाआजा, विवाह, पार्टिहरुका लागी प्रयोगमा आउने टेन्ट, भाडा लगायतका सामाग्री जोडेर जमिन खरिद गरेपनि भवन बनाउन सकेका थिएनन् ।

गाउँमा यसरी आफुलाई सम्मान गरेकोमा यसको आफु ऋणी भएको स्मरण गर्दै समाजसेवी थापाले आमा समुहलाई आफुले सक्ने सहायता गर्ने बताए ।

आमा समुहले थापासँगै थापाको समाजिक अभियानलाई उजाग। गर्दै आएका युवा पत्रकार खगेन्द्र दाहाललाई पनि सम्मान गरेको थियो । थापाको अभियानको प्रचार एवं समाजसेवामा लगातार सहकार्य गरेको भन्दै खबरगन्ज मिडियाका संचालक समेत रहेका पत्रकार दाहाललाई सम्मान गरिएको समुहले जनाएको छ ।

सो अवसरमा खबरगन्जका पत्रकार गणेश राई, समाजसेवी याम कुमारी बुढामगर, दान बहादुर गुरुङ्लाई समेत समुहले फुल माला र खादाले सम्मान व्यक्त गरेको थियो ।

सुखेत्मा जन्मिएर खजुरामा स्थायी बोबास गरि कामको शिलशिलामा अमेरिमा गएका समाजसेवी थापाले अमेरिकाबाट नेपालमा दुरदराजमा रहेका गरिव, दीनदुखी तथा शारिरीकरुपमा कमजोर रहेकाहरुलाई घरबनाईदिने देखि दैनिक खाद्यसामाग्री उपलब्ध गराउँदै आएका छन् । थापाले विशेगागरि बाँके, रुपन्देही र गुल्मीका ग्रमीण बस्तीका घरबार बिहिन्, खाना र नाना नपाउने गरिव परिवारलाई अमेरिकाबाट राहत पठाउने तथा घर बनाउन आर्थिक सहयोग गर्ने कार्य गर्दै आएका छन् ।

२ हप्ता अगाडि नेपाल आएका थापालाई उनको योगदानको स्मरण गर्दै बाँके देखि गुलमीसम्मका स्थानीयबासीले सम्मान र स्वागत गरेको पत्रकार दाहालले बताए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : १० बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको