७ आश्विन २०८१, सोमबार | September 23, 2024

विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ ।

सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले ३ र ओमानले ४ खेलमा हार बेहोरेको छ ।

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

नेपालले लिग-२ मा अहिलेसम्म ५ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ । त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ५५ बजे

धनुषामा हिरासत कक्षबाट आठ थुनुवा फरार

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र

छविलाल जोशीलाई आज अदालत लगिदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना