२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

दरबन्दी बिना ९ वर्षदेखि संघीय अस्पताल संचालनमा, स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवको प्रतिबद्धता झुठो साबित



खजुरा । बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका लागि स्वास्थ्यमन्त्री प्रदिप पौडेल र स्वास्थ्य सचिव डा. रोसन पोखरेलले गरेको प्रतिबद्धता झुठो साबित भएको छ । गत साउन २५ गते अस्तालको अवलोकनका लागि आएका स्वास्थ्य मन्त्री पौडेल र स्वास्थ्य सचिव डा. पोखरेलले सार्वजनिकरुपमा एक महिना भित्र अस्पताललाई आवश्यक मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट पठाउने प्रतिबद्धता ब्यक्त गरेपनि अस्पतालमा बिषयगत विगाशज्ञहरु नआएपछि उनीहरुको आश्वासन झुठो साबित भएको हो ।

अस्पतालको अनुगमनका क्रममा स्वास्थ्यमन्त्री पौडेलले अति आवश्यक दरबन्दी यथासिघ्र पुरा गरिने बताएका थिए भने उनकै उपस्थितीमा स्वास्थ्य सचिव पोखरेलले अति आवश्यक मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट १ महिना भित्र पठाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । प्रतिबद्धता अनुसार अहिले सम्म कुनै दरबन्दीका चिकित्सक अस्पतालमा नआएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकास प्रसाद साहले बताए ।

मन्त्री पौडेलकै उपस्थितीमा निर्देशक साहले भाद्र महिनाभरिमा आगलागिबाट बिग्रेको सिटी स्क्यान संचालन हुने जनाएपनि भाद्र महिना भित्रमा सिटीस्क्यान संचालन गर्ने अस्पताल प्रमुखको प्रतिबद्धता पनि झुठो साबित भएको छ । आगलागि भएको ६ महिना पुग्ला पनि सिटी स्क्यानको ब्याकअप र जलेको वायरिङ मरमत गर्न अस्पताल प्रशासन असफल देखिएको छ । सिटी संचालनका आवश्यक सामाग्रहीहरु बिदेशबाट मगाउनु पर्ने र खरिद आदेशको प्रक्रिया पुरा गर्दा धिला हुन पुगेको अस्पतालका निर्देशक साहले बताए । उनले आवश्यक सामानहरु नेपाल आइसकेको र १ हप्ता भित्र सिटी स्क्यान संचालनमा आउने दाबी गरे । उनका अनुसार क्यान्सर उपचारको अतिआवश्यक लिन्याक मेसिन तयारी अवस्थामा रहेको छ भने सिटी संचालन संगै खजुराबाट लिन्याक मेसिनबाट क्यान्सरको उपचार सुरु हुने छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेलले ओ एन एम यसै आर्थिक वर्षमा स्वीकृत गरिने जनाउँदै आफुहरु फर्के लगत्तै रिक्त रहेको रेडियोलोजीष्ट र मेडिकल अंकोलोजिष्ट पठाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । ‘ढुक्क हुनुस् सरकारी दरबन्दी यसैवर्षबाट स्वीकृत हुन्छ ।’ उनले भनेका थिए ।

नेपाल सरकारले २०७२ सालमा एक धार्मिक संस्थाबाट अस्पतालको स्वामित्व ग्रहण गर्दै पूर्णरुपमा संघीय सरकारको मातहत संचालन गरेपनि अहिले सम्म अस्पताल बिना दरबन्दी करार र अस्थायीको भरमा संचालन हुँदै आएको छ । अस्पताललाई निजामति कितावखानामा सूचीकृत नगरिँदा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुको अभिलेख समेत सरकारसँग छैन ।

मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए। उक्त रणनीतिले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो ।

७ प्रदेशमा क्यान्सर रोगको सेवा विस्तार गनृका लागि कार्यविधि स्वीकृत गर्दै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने निर्णय समेत भएको थियो ।

कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशमा विराटनगर अस्पताल र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउने तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउने ब्यवस्था गरिएपनि सुशिल कोइराला प्रहर क्यान्सर अस्पताललाई भने कुनै जिम्मेवारी तोकिएको छैन ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : २९ बजे

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी