१३ आश्विन २०८१, आइतबार | September 29, 2024

पत्रकार महासंघ बाँके शाखामा चौतारी र प्रगतिशिल पत्रकार संघबाट तालाबन्दी



नेपालगन्ज । असोज १२ गतेका लागि सार्वजनिक गरिएको पत्रकार महासंघको निर्वाचन प्रयोजनको लागि प्रकाशित मतदाता नामावलीमा विभेद गरिएको भन्दै पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रेस चौतारी नेपाल र प्रगतिशिल पत्रकार संघ बाँकेले संयुक्तरुपमा महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् । नयाँ सार्वजनिक गरिएको मतदाता नामावलीमा चरम लापरवाही र विभेद गरिएको भन्दै तालाबन्दी गरिएको प्रगतिशिल पत्रकार संघका बाँके संयोजक तिलक गाउँलेले बताए ।

एकै स्थानका शिक्षक, कर्मचारी र गैरसरकारी संस्थाकर्मीको एउटा पक्षधरको नाम समावेश भएर आउँदा आफ्ना पक्षका सबैको नाम काटिएको भन्दै चौतारी र प्रगतिशिल पत्रकारसंघले तालाबन्दी गर्नु परेको उनले बताए । गाउँलेले बाँकेको सदस्यता सूची नसच्याएसम्म निर्वाचन हुन नदिने पनि बताए ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्शयक्ष रमेश बिष्टले नयाँ मिति तय गर्दै निर्वाचन समितिलाई सिफारिस गरे अनुसार हिजो मात्र महासंघको नयाँ मतदाता नामावली सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ४ : ३७ बजे

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण

७० वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

काठमाडौँ । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन

गोरखा । गोरखाको लापुबेसीबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहीन

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना