३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पत्रकार महासंघको निर्वाचनको नयाँ मिति असोज १२ गते



काठमाडौं । पटक पटक मिति निर्धारण गर्दै स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचनको पछिल्लो पटक नयाँ मिति सार्वजनिक भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्यक्ष बनेका रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गर्दै असोज १२ गते निर्वाचनको नयाँ मिति सार्वजनिक गरेका हुन् ।

पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोखेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको जनाउँदै विज्ञप्तिमा महासंघको तर्फवाट मिति २०८१ असोज १२ गते शनिवारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाइएको छ ।

‘अध्यक्ष पोखेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भए‌को मतदाता सूची आज मिति २०८१ भाद्र २८ गते निर्वाचन समितिलाई हस्तान्तरण गरिएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा लेखिएको छ, ‘साथै, महासंघको तर्फवाट मिति २०८१ असोज १२ गते शनिवारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको छ। मतदाता सूची मिति २०८१ भाद्र २९ गते शनिवारका दिन सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको जानकारी गराउँदछु ।’

विज्ञप्तिमा महासंघको निर्वाचन सम्पन्न गर्न महासंघका सबै समितिहरू, सदस्यहरू, सल्लाहकारहरु, पूर्वअध्यक्षहरू र पत्रकारितासँग सम्बन्धित सबै संघसंस्था तथा सरोकारवाला पक्षहरूबाट सहयोग पुर्याउन आ‌ह्वान समेत गरिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ४ : २२ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य