३ आश्विन २०८१, बिहिबार | September 19, 2024

खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको साईनबोर्ड आयो, विश्वविद्यालय आएन



खजुरा । लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने भनिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको सरकारबाट निर्णय भएको ३ वर्ष पछि खजुरामा साईनबोर्ड झुन्ड्याईएको छ । आब २०७६/२०७७ को नीति तथा कार्यक्रम मार्फत खजुरामा स्थापना गर्ने गरि प्रदेश सरकारले गरेको विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको ३ वर्ष पछि खजुरामा विश्वविद्यालयको साईनबोर्ड झुन्ड्याईएको हो ।

यस अघि १९ भदौ २०७९ मा खजुरामा विश्वविद्यालय संचालन गर्ने गरि नेपालगन्जमा केन्द्रीय कार्यालय संचालन गरिएको थियो । बाँकेको खजुरामा लुम्बिनी प्रदेश प्राबिधिक विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भए सँगै खजुरा गाउँपालिकाले वडा नं ८ रनियापुरमा १ सय १० बिघा जमिन लुम्बिनी प्रदेस प्राबिधिक विश्वबिद्यालयका लागि हक हस्तान्तरणका लागि सिफारिस गरिसकेको भएपनि संघीय सरकारले त्यस सम्बन्धि निर्णय नगरिदिँदा विश्वबिद्यालयको भौतिक निर्माणको काम सुरु हुन सकेको छैन ।

नेपालगन्जको डिभिजन बन कार्यालय परिषर भित्र संचालनमा आएको विश्वबिद्यालयको केन्द्रीय प्रशासनिक कार्यालय १ वर्ष अघि खजुरामा नै संचालन गर्ने निर्णय गरिएपनि अहिले सम्म संचालन हुन सकेको छैन । खजुरा गाउँपालिका रहेको साबिकको भवनमा विश्वबिद्यालयको केन्द्रीय कार्यालय संचालन गर्ने गरि निर्णय भएको १ वर्ष सम्म पालिकाले ठाउँ खाली नगरिदिँदा विश्वबिद्यालयको कार्यालय खजुरामा आउन नसकेको विश्वबिद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले बताए ।

पालिका आफ्नो नवनिर्मित भवनमा सर्ने र साबिकको स्थानमा विश्वबिद्यालयको कार्यालय संचालन गर्ने सहमति भएको थियो । अघिल्लो वर्षको माघबाट भवन खाली गरेर विश्वबिद्यालय सर्ने भनिएपनि गाउएपालिकाले खाली नगरिदिएपछि सार्न नसकिएको रजिष्टार भण्डारीले बताए ।

यता खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले पालिकाको भवन बनाउने ठेकेदारले भवन निर्माणको काम समयसिमामा नसकेका कारण खाली गर्न नसकिएको बताए । उनले ठेक्का खारेज गरेर पालिका आफैले काम गर्ने गरि निर्णय भएको र दशैंसम्ममा नयाँ भवनमा पालिका सारेर विश्वबिद्यालयलाई खजुरामा ल्याईने बताए । सहमति अनुसार विश्वबिद्यालयले पालिकाको हाल रहेको स्थानमा पालिकाको साईनबोर्ड निकालेर विश्वबिद्यालयको साईनबोर्ड लगाई सकेको छ । मुल गेटमा विश्वबिद्यालयको साईनबोड झण्डिएपनि त्यस स्थानमा विश्वबिद्यालयको कुनै संरचना भने भेटिँदैन ।

विश्व बिद्यालयका लागि अन्तमा ठहर भएको ९० बिगाहा जग्गाको भोगाधिकार दिन मन्त्रिपरिषदमा फायल पुग्ने चरणमा पुगेको रजिष्टार भण्डारीले जानकारी दिए । भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा शिक्षा मन्त्रालयबाट समर्थन प्राप्त गरि अर्थ मन्त्रालयको सहमतिका लागि फायल पुगेको जनाउँदै उनले अर्थको सहमति पछि क्याबिनेटबाट निर्णय भएपछि मात्र विश्वबिद्यालयले भोगाधिकार पाउने जानकारी दिए ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : ५८ बजे

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने