२ आश्विन २०८१, बुधबार | September 18, 2024

पलेशालाई सरकारले दिने नगद पुरस्कार ६५ लाख आज प्रदान गरिदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै छन् ।

प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षकलाई नगद पुरस्कार रकम हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । यस अघि क्याबिनेट बैठकले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशालाई कर नकटाइ ६५ लाख राशीको पुरस्कार दिने निर्णय गरको थियो ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन् ।

नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेलरगृष्मकालीनरशीतकालीनरपारारविशेष तथा र विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ ।

साथै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ । नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ९ : ३४ बजे

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल

काठमाडौं । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल

विदेशी मुद्रा विनिमय : अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक

नेपालगन्ज । दशौं धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको

अमेरिकी राजदूत थम्पसनले गरे  स्वर्गीय टेड रिकार्डीबाट सङ्कलित पुस्तकसहितको पुस्तकालय उद्घाटन

भक्तपुर । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भक्तपुरको