२ आश्विन २०८१, बुधबार | September 18, 2024

भीमदत्त राजमार्ग अवरुद्ध



डडेल्धुरा । बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा-डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्ण रूपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ । गए रातिदेखि हुरीबतास र वर्षाले डडेल्धुरामा विद्युत् सेवा पनि अवरुद्घ भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ८ : ५७ बजे

विदेशी मुद्रा विनिमय : अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक

नेपालगन्ज । दशौं धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको

अमेरिकी राजदूत थम्पसनले गरे  स्वर्गीय टेड रिकार्डीबाट सङ्कलित पुस्तकसहितको पुस्तकालय उद्घाटन

भक्तपुर । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भक्तपुरको

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर