३ आश्विन २०८१, बिहिबार | September 19, 2024

शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गर्वको अनुभूति गर्न पाउनेछन् : प्रचण्ड



सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने बताएका छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक अनावरण गर्दै उहाँले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले यो सहिद र वेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने बताए ।

‘अब राज्यको तर्फबाट परिपुरण र राहतको व्यवस्था हुने छ । सहिद तथा बेपत्ता यौद्धाहरुको सम्मान, उनीहरुका परिवारको हेरचाह र सन्तानको पठनपाठन तथा रोजगारीको जिम्मा अब सरकारको हुनेछ’ उनले भने– ‘केही समयभित्रै आयोग बनेर यसको प्रक्रिया सुरु भयो भने सहिद तथा बेपत्ताका परिवारले साँच्चिकै आफ्ना आफन्तले देश र जनताको परिवर्तनका लागि रगत बगाएका रहेछन् भन्ने गौरव अनुभूति हुने छ।’
आफ्नो प्रधानमन्त्रीत्वकालको अन्तिम समयमा शान्ति प्रक्रियालाई टुंग्याउन आवश्यक कानुन बनाउन कार्यदल गठन गरिएको र अहिले कार्यदलको सहमतिअनुसार संसदबाट टिआरसी विधेयक नै पारित भएसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो शान्ति सम्झौताका पक्षधर शक्ति र जनताका लागि गौरवको कुरा भएको बताए।

शान्ति सम्झौता भएको झण्डै १८ वर्षपछि सबै जनयुद्धका महान् सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिंदै पूर्वप्रधानमन्त्री प्रचण्डले केही समयअघिसम्म जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने हुन् कि भन्ने चिन्ता रहेकोमा अब यो चिन्ता समाधान भएको बताए। यसैगरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने अवसर पनि प्राप्त हुने उहाँले विश्वास व्यक्त गरे।

‘जसरी हामीले प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस मनाउँछौं, त्यसरी नै मैले सरकारको नेतृत्व गरेको बेलामा तत्काली सबै सत्तारुढ दलको सहमतिमा जनुयुद्ध दिवस मनाउने निर्णय गरिएको थियो’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले टिआरसी विधेयक नटुंगिएको कारण देखाउँदै अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन हालका लागि स्थगित गर्न भनेको छ, अब टिआरसी विधेयकमा सहमति भएर सत्यनिरुपण आयोग पनि बनिसकेपछि हामी सबैले आग्रह गर्दा जनताको चाहनाअनुसार जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने बाटो खुल्नेछ भन्ने पनि मेरो दृढ विश्वास रहेको छ ।’

यति ठूलो त्याग र तपस्यापछि प्राप्त भएको समावेशी समानुपातिक प्रतिनिधित्वसहितको जनतको अधिकार धरापमा पर्ने हो कि भन्ने चिन्ता पनि देखिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विगतमा संविधान मिचेर पटकपटक संसद विघटन गर्ने परिघटना हामीले व्यहोरेकै हौं, हामीले सडकमा गएर जनतालाई साथ लिएर खबरदारी गरेपछि मात्रै संविधान मिच्ने र संसद विघटन गर्ने असंवैधानिक कदम परास्त भएको थियो । अहिले पनि फेरि जनताका अधिकारमाथि हुनसक्ने प्रहारका विरुद्ध निरन्तर सचेततापूर्वक खबरदारी गर्नु आवश्यक छ । जरुरी पर्दा संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउन एकजुट भएर सडकमै जानुपर्ने पनि हुनसक्छ, त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने भएको छ।’

सरकारले गलत काम नगरोस् भनेर भर्खरै आफूले संसदमा खबरदारी मन्तव्य दिएको स्मरण गराउँदै उनले सरकारले सही काम गरे आफूरुले अवरोध नगर्ने तर सरकार जनताको चाहना, भावना र सुशासनका विरुद्ध गयो भने जनतालाई साथ लिएर आन्दोलनमा जाने बताए। आफूले संसदमा गरेको सम्बोधनपछि देशैभरिका जनताले सकारात्मक प्रतिक्रिया दिएको र आफ्नो अधिकारप्रति जनता बढी नै सचेत रहेको आफूले पाएको पनि उनले बताए।

आफूहरुले कसैलाई आरोपित नगरेर निष्पक्षरुपमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गर्दागर्दै पनि सरकारबाट हटाइएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाइँहरुलाई राम्रोसँग थाहा छ, लाखौं युवाहरुले नागरिकता पाउन सकेका थिएनन्, उनीहरुलाई नागरिकता हाम्रै सरकारले दियो । वर्षौदेखिको मिटरब्याजपीडितको समस्या हाम्रै सरकारले समाधान गर्यो तर त्यो एकथरि माफियालाई पचेन र सरकार ढाल्न पुगे ।’

आफू जनताको पक्षमा लड्दालड्दै, भ्रष्टाचारका फाइलहरु खोल्दाखोल्दै कुनै आरोप नखेपेर बेगाद सरकारबाट बाहिरिदा विजयी भावसहित निस्केको र जो अहिले सरकारमा गएका छन् उनीहरु हारेको अनुभूतिसहित सरकारमा गएको उल्लेख गर्दै उनले सरकारबाट बाहिरिएलगत्तै आफ्नो पार्टीका सबै पदाधिकारी एकै साथ सातै प्रदेश पुगेर आफ्नो कुरा जनतासँग राख्न पाएको, जनताका कुरा सुन्न पाएको र यसले आगामी कार्ययोजना बनाउन महत्वपूर्ण प्रेरणा प्राप्त भएको बताए ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ८ : ४७ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको