३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुमनाको आरोप – प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दिक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरुले दिक्षान्त समारोहमा कहिले भाग लिन पाउछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् ।

उनले भनिन्( ुकृषि तथा वन विज्ञान विश्व विद्यालयमा ११ दिन भयो जाँच नभएको । चलिरहेको जाँच बन्द हुदा १४ सयभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । अब चार बर्षमा सकिने स्नातक तह कति बर्षमा सकिने हो रु विश्वविधालय पठन पाठनको क्षेत्र कम पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रमको पार्टी र एउटा गृहमन्त्रीको पार्टी, दुईवटा विद्यार्थी संगठनको लडाईमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने, विद्यार्थीहरुलाई हामीले के गर्न सिकाउदै छौं । न पढ्न दिन्छौं, पढेर जेन तेन जाँच दिन पनि दिन व्यवस्था मिलाउदैनौं, त्यसपछि दिक्षान्त समारोह पनि रोकिदिन्छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार दिक्षान्त नै रोकियो । मलाई त प्रधानमन्त्री कार्य क्षमतामा पटक पटक प्रश्न उठिरहेको छ । विद्यार्थीको जीवनमा यस्ता जाँचमा खेलवाड नगरियोस् । बरु राणा शासनमा एउटा विद्यालय खोलियो भनेर भन्छन् तर ओली शासनमा इतिहासले कसरी लेख्छ, त्यो हेर्न बाँकी छ । यो ओली शासनमा कृषि विद्यालयका विद्यार्थीको जाँच कहिलेदेखि हुन्छ रु कर्णालीका विद्यार्थीको दिक्षान्त समारोह कहिले हुन्छ रुु

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  २ : १७ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको