३१ भदौ २०८१, सोमबार | September 17, 2024

चेपाङले मनाए छोनाम (न्वागी) पर्व



चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी) पर्व मनाएका छन् । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम ९न्वागी० सामूहिक रूपमा मनाएका हुन् ।

नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा गोरखाको गण्डकी गाउँपालिका-६ तोमनडाँडामा भेला भएर नाचगान गरी शुभकामना साटासाट गरेर यो पर्व मनाइएको हो । सो अवसरमा नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले चेपाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न हर्षोल्लासका साथ सामूहिक रूपमा यो पर्व मनाउने गरिएको बताए । साथै उनले चेपाङ समुदायको बसोबास रहेको गण्डकी प्रदेशमा न्वागी पर्वका दिन सार्वजनिक बिदा दिनसमेत माग गरे ।

कार्यक्रममा गोरखा, धादिङ, मकवानपुर, चितवन, तनहुँ र लमजुङका चेपाङ समुदायको सहभागिता थियो । कार्यक्रममा विभिन्न अन्नबाली तथा फलफूल राखेर चेपाङ समुदायको झाँक्री (पान्दे)हरूले ढ्याङ्ग्रो ठोकेर फलाकेका थिए भने चेपाङ समुदायको संस्कृति झल्किने विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए ।

अध्यक्ष चेपाङका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको छ । चेपाङ सङ्घको आयोजनामा गोरखामा सामूहिक कार्यक्रम भए पनि उक्त समुदायको बसोबास गर्ने जिल्लाका पालिकामा पनि यो पर्व मनाइएको छ ।

नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव सन्तबहादुर चेपाङका अनुसार चेपाङ समुदायले २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आएका छन् । उत्सवमा सहभागी हुन नपाउनेले आ-आफ्नो घर र समुदायमा मनाउने गर्छन् । आफ्नो कूलअनुसार भदौ महिनाको पूर्णिमादेखि भदौभरि नै न्वागी मनाउने परम्परा रहे पनि २२ गतेलाई संस्थागत रूपमा मनाउन मान्यता पाएको महासचिव चेपाङको भनाइ छ ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वागी पर्वका दिन घैयाधानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए ।

न्वागीमा चेपाङ झाँक्री ९पान्दे०ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार तीन सय ६४ चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार ६ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका नागरिक बसोबास गर्छन् । मकवानपुरमा २३ हजार ६ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । छब्बीस जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष गोविन्द रामले बताए । चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आाएको उनले बताए ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ७ : ५३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित