३१ भदौ २०८१, सोमबार | September 16, 2024

हलेसीको प्रवेशद्वार ढलान गरिँदै



खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ ।

सङ्घीय सरकार, सहरी विकास मन्त्रालयको भ्याटसहित रु आठ करोड ३९ लाख ५१ हजार चार सय ७४ लगानीमा सम्पन्न गर्नेगरी ढलान सुरु गरिएको हो ।

गत जेठ २९ गते सम्झौता गरिएको दुवै सडकको काम आगामी असार २९ गतेभित्र सम्पन्न गर्नेगरी सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ ।

दुवै सडकको पूर्वसहरी विकासमन्त्री सीता गुरुङले शुक्रबार औपचारिक रुपमा शिलान्यास गरेकी छिन् । आयोजनाको शिलान्यास गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहकी गुरुङले विश्वप्रसिद्ध त्रिधार्मिक एवं पर्यटकीयस्थल हलेसीलाई अब थप व्यवस्थित बनाउन ढलान थालिएको बताइन । उनले आफू मन्त्री हुँदा गत आवमा उक्त दुवै सडक ढलानसम्बन्धी आयोजनाका लागि सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको जानकारी दिइन ।

प्रतिनिधिसभाका सांसद सरस्वती बजिमयले यसवर्ष कार्यान्वयनमा ल्याइएको सडक ढलानको आयोजनाले हलेसीमा धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन। शिलान्यास कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष ललितकुमार राई, स्थानीय जनप्रतिनिधिलगयात व्यक्ति सहभागी थिए ।

एक वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको उक्त आयोजनाअन्तर्गत हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिरको दक्षिणी क्षेत्रबाट प्रवेशद्धारसम्मको सडक ढलान तथा पार्किङस्थल निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राईले बताए। उनका अनुसार रक गार्डेन जाने करिब एक हजार दुई सय मिटर सडक ढलान पनि सोही बजेटबाट हुनेछ ।

आयोजना सम्पन्न भएपश्चात् हलेसी मन्दिर परिसरमा धार्मिक पर्यटनको आगमन वृद्धि हुनाका साथै स्थानीयको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको नगरप्रमुख राईले उल्लेख गरे। “त्रिधार्मिकस्थल हलेसीमा दैनिक देशरविदेशबाट दर्शन र भ्रमण गर्न पर्यटक आउने गरेका छन् । मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा पर्यटकलाई असहज भइरहेको थियो”, उनले भने, “हलेसी नजिक रहेको पर्यटकीयस्थल रक गार्डेन जाने सडक पनि सोही आयोजनाअन्तर्गत ढलान हुँदैछ ।”

मन्दिर प्रवेशद्वारको सडक ढलानसँगै त्यसमाथि आकर्षक ढुङ्गा विच्छ्याइने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इञ्जिनियर गणेश पाण्डेले बताए । प्रवेशद्धार नजिक निर्माण गरिने पार्किङस्थलमा तीन प्रकारका सवारीसाधन छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइने छ । धार्मिक तथा प्राकृतिक रुपमा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा यसअघि निर्माण गरिएका हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको इञ्जिनियर पाण्डेले जानकारी दिए ।

कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार चार सय ९० को लागतमा निर्माण गरिएका दुई हवन कुण्ड गत साउन २१ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।

हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा यहाँ रहेकाले यस क्षेत्रको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै मन्दिर व्यवस्थापन समिति सक्रिय रुपमा लागिपरेको नगरप्रमुख राईले बताए ।

यहाँ आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दायाँपट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाला) निर्माण गरिएको छ । निगमबाट प्राप्त रु दुई करोड तथा नगरपालिकाबाट आव २०७९र८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरी अतिथिगृहको भौतिक संरचना निर्माण गरिएको हो । रासस

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  १ : ५७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित