३१ भदौ २०८१, सोमबार | September 16, 2024

नेपालगन्जका ब्यापारीहरुले गरे बागेश्वरी मन्दिर परिषरको सरसफाई



नेपालगन्ज । भक्तजनहरुले फालेको फोहरका कारण दुगन्धित बनेको नेपालगन्जको बागेश्वरी मन्दिर परिषरमा स्थानीय ब्यापारीहरुले सरसफाई गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा मन्दिर परिषरमा ब्यापारीहरुले सरसफाई गरेका हुन् ।

दिनहुँ भक्तजनहरुको घुँइचो लाग्ने बागेश्वरीमा फोहर थुप्रियर दुर्गन्धित बनेपछि संघले सरसफाईका लागि आब्हान गरेको हो । मन्दिरको आन्तरिक प्रशासनले मन्दिरको वरिपरि मात्र सरसफाई गरेपनि बागेश्वरीको उद्यान (बागेश्वरी पार्क), जिर्णोद्वा हुँदै गरेको जुङ्गे महादेव परिषर तथा मन्दिर बाहिरको परिषरमा फोहर थुप्रिने गरेको छ ।

ब्यवसायीहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई गरिएको संघका अध्यक्ष टंक धामीले बताए । सरसफाईमा संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अध्यक्ष धामी, बरिष्ठ उपाध्यक्ष चिरन्जिबी ओली, महासचिव भीम रानाभाट, सदस्य युवराज ढकाललगायत बिहानै बागेश्वरी सरसफाईमा पुगेर सरसफाईमा जुटेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ११ : २९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित