३१ भदौ २०८१, सोमबार | September 16, 2024

नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु



नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरकाे गैँडाकोटमा बसकाे ठक्करबाट २ जना मृत्यु भएकाे छ । गैँडाकोट-१० भैसाखाेरीमा गैँडाकोटबाट कावासाेतीकाे लागि छुटेकाे ग ७ ख २५२५ नम्बरकाे बसले पैदलयात्रीलाई ठक्कर दिंदा २ जनाकाे मृत्यु भएकाे हाे ।

बसकाे ठक्करबाट गैँडाकोट ११ निवासी पुष्पराज श्रेष्ठका ७ वर्षीय छाेरा विशाल श्रेष्ठकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले बताए ।

त्यसैगरी बसकाे ठक्करबाट गम्भीर घाईते बालकका मामाघरका हजुरआमा स्याङ्जा जिल्ला निवासी ५५ वर्षीया श्रीमाया मानन्धरकाे पनि उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएकाे छ ।

घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ७ : ४५ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित