१२ पुस २०८१, शुक्रबार | December 27, 2024

तीज पर्वका अवसरमा कांग्रेस सभापति देउवा र उपराष्ट्रपति यादवको शुभकामना



काठमाडौं । हरितालिका तीजका अवसरमा उपराष्ट्रपति रामसहाय यादव र कांग्रेस सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना दिएका छन् ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएकाछन् ।

हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् ।

तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । सभापति देउवाले हाम्रो समाजमा सौहार्द्रता र एकतालाई मजबुत तुल्याउँदै आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने यी परम्पराले समाजलाई एक साझा फुलवारीका रूपमा प्रतिविम्वित गर्दै आएको बताएका छन् ।

उनले तीज पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

त्यसैगरि उपराष्ट्रपति प्रसाद यादवले आ–आफ्नो मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी रहेको उल्लेख गरेका छन् ।

हरितालिका तीज र चौरचन (चकचना) को अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

चारैतिर हरियाली र प्रकृति नै रमणीय देखिने समयमा मनाइने तीज अत्यन्तै उमङ्ग, उल्लास, आनन्द, प्रेम र मिलनको भाव एवं सन्देश लिएर आउँने गर्दछ । हरेक वर्षको भाद्र शुक्ल पक्षको तृतीयामा मनाइने यो पर्व हाम्रो धार्मिक श्रद्धा र पति–पत्निको प्रेमलाई प्रगाढ बनाउने त्योहार भएको उनले सन्देशमा उल्लेख गरेका छन् ।

कुमारी कन्याहरु पार्वती झै आफ्ना लागि शिव जस्तै मनोवान्छित वरको कामना गर्दछन । विवाहिताहरु भने पार्वती जस्तै आफूलाई सदा सौभाग्यवत्ती रहन तथा आफ्ना पतिबाट शिव जस्तै अनुराग प्राप्त गर्ने कामना गर्ने परम्परा छ ।

त्यस्तै चौरचन (चकचना) पर्व मधेसका जिल्लामा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि हिन्दू व्रतालुहरुले फलफूल तथा विभिन्न मौलिक प्रसादसहित आस्था र निष्ठापूर्वक चौरचन(चकचना) पर्व मनाउने चलन रही आएको छ । यो पर्वमा धार्मिक विधि–विधान अनुसार चन्द्र देवको पूजा–उपासना गरिन्छ । गणेश चौठीको नामले समेत लोकप्रिय यो लोकपर्वमा पुरी, खीर, दही, नरिवल, केरा र मौसम अनुसारको फलफूल चन्द्रमालाई अघ्र्य दिएर यो पर्वको अनुष्ठान सम्पन्न गरिन्छ ।

उपराष्ट्रपति यादवले यो पर्वले परिवार र समाजमा आपसी भाइचारा, अपनत्वभाव र प्रेमभाव अभिवृद्धि गर्न सघाउने उल्लेख गर्दै धार्मिक मान्यताअनुसार भाद्र महिनाको शुक्ल पक्षको चतुर्थीमा चन्द्रमाको पूजा गर्दा साधकरश्रद्धालुलाई शारीरिक र मानसिक कष्टहरुबाट मुक्ति प्राप्त हुने बताएका छन् । साथै चन्द्र दोष समाप्त हुने र घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रही आएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ८ : ०६ बजे

तिलावे पुल मर्मतसम्भारको माग

वीरगञ्ज । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक

ट्रेड युनियनलाई प्रतिबन्ध लगाउनुपर्नेमा राजनीतिक दलहरू एकमत

स्थायी सरकार मानिने निजामती कर्मचारीतन्त्रमा राजनीतिक दलपिच्छेका ट्रेड युनियनलाई प्रतिबन्ध

रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर बिहिबार