३१ भदौ २०८१, सोमबार | September 16, 2024

प्रेमीले आगो लगाइदिएपछि युगाण्डाकी ओलम्पियन रेबेटाको मृत्यु



काठमाडौं । युगाण्डाकी ओलम्पिक खेलाडी रेबेटा चेप्टेगीको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उनका प्रेमीले पेट्रोल खन्याएर आगो लगाइदिएपछि उनको मृत्यु भएको हो ।

३३ वर्षीय म्याराथन धावक हालै सम्पन्न पेरिस ओलम्पिक खेलकुदमा सहभागी भएकी थिइन् । आइतबारको आक्रमणमा उनी ७५ प्रतिशत जलेको र उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

केन्यामा बस्ने रेबेटालाई चर्चबाट फर्किंदै गर्दा आक्रमण भएको थियो । रेबेका उत्तरपश्चिमी केन्यामा बसेर प्रशिक्षण लिइरहेकी थिइन् । स्थानीय प्रशासनले दर्ता गरेको मुद्दामा खेलाडी र उनका प्रेमीबीच जग्गा विवाद चलिरहेको आरोप लागेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

युगान्डा एथलेटिक्स फेडरेसनले लेखेको छ- ‘आज बिहान हाम्रा एथलिट मध्ये एक रेबेका चेप्टेगीको मृत्यु भएको घोषणा गर्नु अत्यन्तै दुःखको कुरा हो । उनी घरेलु हिंसाको सिकार भइन् । हामी त्यस्ता कार्यको भत्र्सना गर्दछौं र न्यायको माग गर्दछौं ।’

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ४ : ५६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित