२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

सार्वजनिक विदाको ‘फेक सूचना’ले नागरिक अलमलमा, बाँके प्रशासनले भन्यो विदा छैन



नेपालगन्ज । गृहमन्त्रालयको नाममा जारी एक फेक सूचनाले आज देशभर भ्रम सृजना गरिदिएको छ । गृहमन्त्रालयको नाममा सार्वजनिक विदा रहेको भन्दै सामाजिक सञ्जालमा सूचना पोष्ट भएपछि देशै भर भ्रम सृजना भएको हो ।

सूचनामा राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिम हमाद अल थानीको औपचारीक राजकिय भ्रमण हुने भन्दै सार्वजनिक सूचना उल्लेख गरिएको छ । फेक सूचनाका कारण कतिपय कर्मचारीहरु आज विदा भन्दै आफ्नो निजी कार्यक्रम तय गरिसकेको बाँकेका एक निजामती कर्मचारीले बताए । ‘आज बिदा भन्दै दर पनि खाने, घुमघाम पनि हुन्छ भन्दै घुम्न निस्कने तर्खरमा थियौं, पछि फेक सूचना भन्ने थाहा भएपछि गईएन ।’ उनले भने ।

सूचना भाइरल बनेपछि बाँके जिल्ला प्रशासन कार्यालयले आफ्नो फेसबुक पेज मार्फत आज बिदा नभएको सूचना जारी गरेको छ । ‘आज सार्वजनिक विदा नभएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ।’ जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक सञ्जालमा लेखेको छ । खबरकुरासंग कुरा गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सामाजिक सञ्जाललाई नियमन गर्न सशक्त कानुनको आवश्यकता रहेको बताए ।

देशै भर भ्रम उत्पन्न हुने गरि जारी फेक सूचना बारे गृहमन्त्रालय वा प्रहरीबाट भएको खोज अनुसन्धानका बारेमा भने सरकारले कुनै जानकारी दिएको छैन । फेक सूचनाका विषयमा गृह मन्त्रालयले समेत कुनै प्रतिक्रिया नजनाउँदा कर्मचारीहरुमा अन्यौलमा परेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  १० : ०० बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको