३१ भदौ २०८१, सोमबार | September 17, 2024

नेपाल पत्रकार महासंघको अधिवेशनको नयाँ मिति असोज ५ गते



काठमाडौं । पटक पटक नयाँ मिति तोकिंदै आएको नेपाल पत्रकार महासंघको महाधिवेशनको पुनः नयाँ मिति सार्वजनिक भएको छ । पत्रकार महासंघको निर्वाचन आगामी ५ असोजका लागि तोकिएको छ ।

अध्यक्ष विपुल पोखरेलले आज एक बक्तव्य जारी गर्दै सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका छन् ।

असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले जारी गरेको बक्तब्यमा उल्लेख छ । अध्यक्ष पोखरेलले समयमा निर्वाचन हुन नसक्नुको नैति जिम्मेवारी आफुले लिने पनि जनाएका छन् ।

महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता सुद्धिकरण यो पटक महत्वपूर्ण उपलब्धि हासिल भएको बक्तब्यमा उल्लेख गरिएपनि हासिल भएको उपलब्धी र पछिल्लो पटक भएको सहमतिका विषयमा भने बक्तब्यमा खुलाईएको छैन ।

सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक(पटक सर्दै आएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ६ : २७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित