३१ भदौ २०८१, सोमबार | September 16, 2024

उपप्रधान तथा अर्थमन्त्री पौडेलले गरे लुम्बिनी प्रादेशिक अस्पतालका विभागीय प्रमुखहरुसँग छलफल

अस्पताल प्रशासनको अर्थमन्त्री समक्ष गुनासै गुनासा



बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा अस्पताल बिकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखहरुसँग शनिबार छलफल गरेका छन् । छलफलमा प्राप्त प्रतिक्रियाहरुपछि बोल्दै अर्थमन्त्री पौडेलले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गरे ।

अस्पतालमा निर्माणाधिन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्दो मार्न सकिने बताउँदै उनले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत गरे । अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभई दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको व्यवस्थापन पनि महत्वपूण रहेको उल्लेख गरे । बुटवललाई आर्थिक राजधानी बनाउने विषयसँग अस्पताल जोडिएको बताउँदै उनले सोही अनुसार सबैजना एक भएर लाग्नु पर्नेमा जोड दिए ।

छलफलमा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालमा गुनासोरहित सेवा जनताको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गरे । शल्यक्रिया सेवा तथा अन्य सेवाका लागि महिनौं कुर्नुुपर्ने विषयमा बजारमा आएका टिप्पणीहरु बारे उल्लेख गर्दै उनले सुधारका लागि प्रदेश सकारले आवश्यक सहयोग गर्न तयार रहेको र अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न निर्देशन गरे ।

कार्यक्रममा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधिन भवनमा अस्पताल परिवारलाई अपनत्व दिलाउन नसकेको गुनासो गरे । आयोजना जसले सञ्चालन गरेको भए पनि जनताले त्यसमा हुने कमजोरी तथा ढिला सुस्तिका विषयमा सबैभन्दा पहिलो बिकास समिति, अस्पताल प्रशानलाई नै प्रश्न उठाउने गरेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गरे । अस्पतालको सेवाका विषयमा बजारमा आएका आलोचना बारे बोल्दै अध्यक्ष श्रेष्ठले सीमित जनशक्ति र सीमित श्रोतसाधानले ठूलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नु परेको गुनासो गरे ।

उनले अस्पतालको क्षमताले ठेग्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्दा महिनौसम्म लाइन लाग्नु पर्ने स्थितीको सिर्जना भएको उल्लेख गरे । उक्त समस्यालाई समाधान गर्नका लागि प्रदेश सरकारले प्रयाप्त लगानी र जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनले माग गरे ।

यसैगरी रुेष्ठले अस्पतालमा नेतृत्वका विषयमा हुने राजनीतिक द्वन्दको बेफाइदा सेवाग्राहीले भोग्नु परेको भन्दै यसको दिर्घकालिन समाधानको माग गरे । विभिन्न कानूनी उल्झनले अस्पताल बिकास समिति तथा अस्पताल प्रशासनले आफ्नो क्षमता अनुसारको काम गर्न नपाइरहेको समयमा सरकारले राजनीतिक तवरबाट समाधान खोज्न आग्रह गरे । बिकास समिति र अस्पताल प्रशासनलाई सेवा सुधारका लागि पूर्ण अधिकारमा रहेर काम गर्ने अवसर सरकारले सिर्जना गर्नुपर्ने उनको जोड थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा नियुक्त मेडिकल सेपरिटेन्ठेन्ट नियुक्तिका बिरुद्ध अदालतमा मुद्दा परेपछि हाल अस्पताल नेतृत्वबिहिन अवस्थामा रहेको छ ।

अस्पतालमा हाल उपलब्ध जनशक्ति, उपकरण तथा दैनिक आउने सेवा ग्राहीको चाप बारे जानकारी गराउँदै विभागीय प्रमुखहरुको तर्फबाट डा. वर्षा थापाले प्रस्तुती दिएकी थिइन् । हाल उपलब्ध जनशक्तिले ठेग्न सक्नेभन्दा पनि ३ गुणा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु परेको भन्दै उनले जनताबाट आउने गुनासो र सुधार गर्नुपर्ने भन्दै सरकारका प्रतिनिधिहरुले दिने दबाब आफूले झेल्नु परेको गुनासो गरिन् । सीमित श्रोत साधन र जनशक्तिबाट पनि सकेसम्म कम भन्दा कम गुनासो आउनेगरी आफूहरुले काम गरिरहेको बताउँदे डा. थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउन आग्रह गरिन् ।

अन्तरक्रियमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेबबहादुर सारु, स्वास्थ्य निर्देशनालयका प्रमखु डा. विनोद गिरी, अदालतबाट काम नगर्ने आदेश पाएका मेसु डा. ईन्द्र ढकाल सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

अस्पतालका मेसु ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढिएको जानकारी दिए । यसैगरी अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थपको योजना समेत रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ३ : ०३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित