२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान



पोखरा । बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशानुसार आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

गत साउन १६ गते बिहान पोखरा–६ वैदामस्थित नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा बीमावापतको रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले रु दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  १० : ४१ बजे

ट्रम्पले ५०५ थप भन्सार महसुलको चेतावनी दिएपछि ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा

बेइजिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ५० प्रतिशत थप भन्सार

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

अछाम । जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ