३१ भदौ २०८१, सोमबार | September 17, 2024

ग्वारखोलाका माछा संरक्षणमा जुटे स्थानीय



दाङ । तुलसीपुर उपमहानगरपालिकामा पर्ने ग्वारखोलामा माछा संरक्षण अभियान थालिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र १९ क्षेत्रमा पर्ने दुवै वडावासीको संयुक्त प्रयासमा माछा संरक्षण गर्न अभियान थालिएको हो ।

तुलसीपुर-४ निवासी जितबहादुर थापाको नेतृत्वमा समिति निर्माण गरी माछा संरक्षण थालिएको हो । बर्षातको समयमा ढरिया हालेर माछा मार्दा साना माछाका भुराहरू हराउने भन्दै त्यसो नगर्न अभियान थालिएको अध्यक्ष थापाले बताए । “बर्सातको समयमा माछाहरू माथितिर आउने गर्छन्, माथितिर आइरहेका साना माछाका भुराहरूलाई ढरिया हालेर मार्दा सबै माछा सकिने अवस्था आउछ । त्यसैले हामीले यो अभियान थालेका हौँ”, उनले भने ।

यस्तै, हिउँदतिर विषादी हाल्ने, करेन्ट लगाएर माछा मार्ने गरिएकामा यस्ता कार्यलाई पनि नियन्त्रण गरिने योजना रहेको अध्यक्ष थापाले सुनाए । “पछिल्लो समय माछा लोप हुने अवस्थामा छन् । यसले गर्दा माछा मारेर जीविकोपार्जन गर्ने बादी समुदायको पेसा पनि सङ्कटमा छ । त्यसलाई पनि मध्यनजर गरी संरक्षण र व्यवस्थापनका काम सँगसँगै अगाडि बढाउने सोच छ”, उनले भने ।

अभियानमा सहयोग नगर्ने, करेन्ट लगाउने तथा विषादी हालेर माछा मार्न थालेमा पहिलो पटकमा रु १० हजार र त्यसपछि पुनःकरेन्ट लगाएमा थप रु १० हजारका दरले जरिवाना लगाउने गरी तयारी गरिएको जनाइएको छ । त्यस्तै ढरिया हालेर माछा मारेमा रु पाँच हजारका दरले जरिवाना लगाउने निर्णय गरिएको पनि अध्यक्ष थापाले जानकारी दिए ।

ग्वारखोलामा उत्तरमा रोल्पा र सल्यानको सिमानादेखि दक्षिणमा घोराही-तुलसीपुर सडक पुलबीच क्षेत्रमा माछा संरक्षण अभियान चलाइउको छ । तुलसीपुर-४ को बायोखोला, दद्रेनी तथा तुलसीपुर १९ का कुटीचौर, श्रीचौरका बासिन्दाहरु मिलेर यो अभियान थालिएको तुलसीपुर-४ का वडाध्यक्ष तुलसी थापाले बताए ।

यसरी माछा संरक्षणमा लाग्नु अहिलेको आवश्यकता भएको र यस अभियानमा स्थानीय सरकारको पनि साथ रहेको उनको भनाइ छ । “विगतमा यस क्षेत्रमा विभिन्न जातका माछा पाइन्थे, अचेल त्यो अवस्था छैन । भुर्रा हुँदै मार्ने र बाँचिहालेमा ठूला भएपछि करेन्ट लगाएर, विष हालेर मार्ने समस्या थियो । यो अभियान सञ्चालनपछि त्यो समाधान हुने अपेक्षा छ”, उनले भने ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ७ : ५५ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित