९ आश्विन २०८१, बुधबार | September 25, 2024

संशोधित नियमावलीअनुसार न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग



काठमाडौं । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली २०७४ अुनसार न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग गरेको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा संशोधन गरेको नियमावली खारेज गरेर मात्र न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ ।

“संशोधन भएको नियमावली अभिलम्भ खारेज हुनुपर्नेमा प्रतिबद्ध हुँदै पश्चगामी, विभेदपूर्ण, पूर्वाग्राही र स्वेच्छाचारी एवं गैरन्यायिक संशोधित उक्त नियमावली तत्काल खारेज गर्नुपर्छ”, विज्ञप्तिमा भनिएको छ, “उक्त नियमावली खारेज नभएसम्म बार कडा आन्दोलमा उत्रिन्छ ।”

बारले सुर्खेतमा सम्पन्न वार्षिक साधारणसभा तथा चितवनमा सम्पन्न केन्द्रीय कार्यकारिणी परिषद्को बैठक र काठमाडौँमा भएको १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन, २०८१ ले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति असहमति जनाउँदै अविलम्ब खारेज गर्न प्रधानन्यायाधीश र प्रधानमन्त्रीसमेतलाई ध्यानाकर्षण गराईसकेको छ ।

न्याय परिषद्ले न्याय परिषद् नियमावली २०७४ लाई संशोधन गर्दै मुख्य रजिष्ट्रार न्यायाधीशमा नियुक्त हुँदा स्वतः मुख्यपछिको वरियता पाउने व्यवस्था गरेपछि बारले उक्त व्यवस्था खारेज गर्न माग गर्दै आएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ९ : १४ बजे

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । 

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप

घाँसेमैदान बनेको नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग

नेपालगन्ज । नेपालगन्जमा सुबिधा सम्पन्न खेलकुद रङ्गशाला भएर पनि खेदाडीहरुले

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

काठमाडौं । आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित