काठमाडौ । माछापुच्छ्रे बैंकले आउदैँ गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ ।
तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५% प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १% प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । माथि उल्लेखित अफरहरु भाद्र ३१ सम्म लागु हुनेछन् ।
प्रतिक्रिया