३१ भदौ २०८१, सोमबार | September 17, 2024

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन उद्घाटन गर्दै आईजीपी कुँवरले भने- हरेक प्रहरीको खाता चेक गर्दै छौं



बुटवल । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन् ।

भैरहवामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन उद्घाटन गर्दै कुँवरले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासो आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताए ।

महानिरीक्षक कुंवरले प्रहरी संगठनभित्र अनुचित लेनदनलाई रोक्ने बताउँदै भने, ‘हरेक प्रहरीको खाता चेक गर्दै छौं । प्रहरी अफिसरको मात्र होइन उनीहरूका आफन्त, साथीभाइको पनि चेक हुन्छ, काम गर्दा सबैले ख्याल गर्नुहोला ।’​ ‘प्रहरी अधिकृतहरुको पनि सोसल अडिट हुन आवश्यक छ । त्यसकारण हामीले जनतालाई गर्ने बोली र व्यवहारमा पनि परिवर्तन ल्याउन आवश्यक छ ।’-कुंवरले भने ।

यसैगरी धेरै वर्षसम्म एउटै व्यक्ति सरुवा नभई बस्ने प्रवृत्तिले अनियमिततालाई प्रसय दिएको बताउँदै उनले यो प्रवृत्ति रोक्नु पर्नेमा जोड दिए । प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रश्न गदैए कुंवरले भने- ‘यो र त्यो भनेर तपाईहरु राख्नुहुन्छ । त्यो बिना काम गर्न सक्नुहुन्न । थाहा छैन के हो । नयाँ, फ्रेस मान्छेबाट काम गराउनुस् । त्यो सेटिङ भत्कन्छ । मैले कतिपटक भनेको छु १०-१५ वर्षसम्म एकैठाउँमा बस्ने मान्छे कहिले यो ढोकाबाट त्यो ढोकामा गएको छ, त्यो ढोकाबाट यो ढोकामा गएको छ । यो प्रवृत्ति नष्ट गरौं ।’

प्रहरी संगठनमा कार्य सम्पादन क्षमता बढाउने आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए । यसैगरी खुला सीमाना क्षेत्रमा हने राजश्व चुहावटलाई कम गर्नका लागि सक्रिय भएर लाग्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । रुपन्देहीको वेलहीयामा एकीकृत सुरक्षा जाँच पोष्टको स्थापना गरेर पनि त्यसको उद्देश्यअनुसार अझै सञ्चालन हुन नसकेको बताउँदै उनले सही कार्यान्वयनका लागि मातहतका निकायलाई आग्रह गरे । राजश्व चुहावट हुने प्वालहरुलाई थुन्नु पर्ने बताउँदै उनले त्यस अनुसार कार्यसम्पादन गर्न निर्देशन गरे ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले भने, ‘जहाँ व्यवस्थित कार्याल्य हुन्छ, त्यहाँ प्रहरीको आत्मबल बढ्छ । अब जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मेवारी थपिएको छ ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ट्राफिक प्रहरीबाट सहयोग पाउन नसकेको गुनासो गरे । उनले सडकको क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधनलाई जरिवाना मात्र तिराएर सडकको अवस्था सुधार हुन नसक्ने बताए । भारतीय ट्रकहरुबाट नेपालमा ओभरलोडको समस्या रहेको उनले गुनासो गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रहरी कार्यालयले व्यवस्थित संरचना पाएको बताए । उनले प्रहरी नागरिकको सेवामा अझ दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले सुविधासम्पन्न भवनले प्रहरीको आत्मबल बढाउने विश्वास व्यक्त गरे ।

सिद्धार्थनगर नगरपालिका-१३ भैरहवामा १४ करोड ९६ लाख ९४ हजारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवनहरु निर्माण भएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी नायव उपरीक्षक ई. रोशन सारु मगरले निर्माण गरिएको भवनको बारेमा जानकारी गराएका थिए ।

फोटो फिचर

 

 

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ४ : ३० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित