२८ पुस २०८१, आइतबार | January 12, 2025

रास्वपाद्वारा पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यबाट निष्काशित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।

पार्टीकोे केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वापाको केन्द्रीय समितिको आजको बैठकबारे जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले भने, “बैठकले पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टी सदस्य मुकुल ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको छ ।”

केन्द्रीय समितिकोे यसअघिको बैठकले केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानअनुसार अन्तिमपटक स्पष्टीकरणको मौका दिएको थियो ।

आजको बैठकमा आगामी असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । प्रतिनिधि रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वंयसेवक व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, अडियो भिजुअल, स्वास्थ्य क्लिनिक, बुथ व्यवस्थापनलगायत विभिन्न १४ वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टीले तयार गरेको स्थानीय छायाँ सरकार सञ्चालन कार्यविधि, २०८१ को मस्यौदा प्रस्तुत गरेको थियो । केन्द्रीय समितिले उक्त मस्यौदामा थप सुझाव लिने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ८ : ५८ बजे

रवि लामिछाने पुनः प्रहरी हिरासतमा, बयान सकिए पनि थुनछेक बहस भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं

सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल महोत्सव जारी

बुटवल । रुपन्देहीको तिलोत्तमा वडा नम्बर-४ स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौं । निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त

नेप्से परिसूचक २५ अङ्कले घट्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

बर्दिया । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ