२८ मंसिर २०८२, आइतबार | December 15, 2025

बुटवलमा दोहोरी गीत प्रतिष्ठानको तीज गीत प्रतियोगिता, उपाधि होराइजन जीबीएसलाई



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले सोमबार बुटवलमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज तथा सोमबार परेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरका उप प्रमुख सावित्रादेवी अर्यालले मौतिक तीज गीतको संरक्षण गर्दै पछिल्लो समय देखिएका विकृतिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन् । नेपाली समाज धर्म, सँस्कृति र सम्पराले सम्पन्न रहेको बताउँदै अर्यालले त्यसको संरक्षणका लागि नयाँ पुस्ताले पनि अग्रसर हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा प्रतिष्ठान रुपन्देहीका संरक्षक खेमबहादुर हमालले नेपाली समाजको पहिचान जोगाउनका लागि प्रतिष्ठानले ठूलो भूमिका खेल्दै आएको बताए ।

प्रतियोगितामा बुटवलको होराइजन जीबीएस प्रथम, इन्टेलेक्चुअल एकेडेमी दोस्रो तथा एभरेष्ट बोर्डिङ स्कूल तेस्रो भए । विजेता समूहरुले क्रमशः प्रथम पुरस्कार १५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १० हजार ५ सय ५५ र तेस्रो समूहले ५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सान्त्वना हुन सफल न्यू होराइजन मावि र अक्फोर्ड माविले पनि २ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयबाट १० समुहको सहभागिता रहेको थियो ।

नेपाली कला संस्कृतिको जगेर्नाका लागि प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाले बताए । कार्यक्रममा प्रथम उपाध्यक्ष रितु थापाले स्वागत तथा सचिव विधान कार्की र कल्पना कुसुम ले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ९ : १६ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर