३१ भदौ २०८१, सोमबार | September 17, 2024

एकीकृत समाजवादीले पदाधिकारी चयन निर्वाचनबाट गर्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ ।

पदाधिकारी चयनका लागि आइतबारदेखि जारी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।

पदाधिकारी टुङ्ग्याउने विषयमा सहमति जुट्न नसकेसँग निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकिएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए । खतिवडाले आफूले उपाध्यक्षमा उम्मेदवारी दिने पनि बताए ।

खतिवडाका अनुसार भोलि विहान ७ बजे मनोनयनपत्र वितरण गरिनेछ । बिहान ७स् ३० देखि ८:३० सम्म मनोनयन दर्तासँगै अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । भोलि बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने छ ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ८ : १९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित