३१ भदौ २०८१, सोमबार | September 16, 2024

बुटवलको जुत्ता मेलामा स्थानीय ब्यवसायीको अवरोध, मेला परिषरमा तोडफोड (भिडियोसहित)



बुटवल । बुटवलको डेल्टा मार्ट परिसरमा आज (आइतबार) देखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल ब्यापार मेलामा स्थानीय ब्यापारीहरुले अवरोध खडा गरेका छन् । ब्यापारी समुहले मेलास्थलमा प्रवेश गरि तोडफोड गरेको बताइएको छ ।

आज बिहानै एक समुह मेलास्थल पुगेर तोडफोड तथा हातपात गरेको मेला संचालकहरुले बताएका छन् । मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरुमाथि हातपात गरेको बताइएको छ ।

नेपाली लुगा घरको आयोजनामा दशैसम्म मेला लाग्ने बताइए पनि स्थानीय ब्यापारीहरुको प्रतिनिधित्व गर्दै मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको थियो । संघले बुटवल उपमहानगरको वडा नम्बर ८को कार्यालयमा ध्यानाकर्षण बुझाएको भोलिपल्ट मेलास्थलमा तोडफोड भएको छ ।

बिहान करिब ९ बजेको समयमा आएका २५-३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरु तोडफोड गर्नुकासाथै त्यहाँ कार्यरत व्यक्तिहरुलाई समेत हातपाई गरेको मेला आयोजक मुल समितिका संयोजक तथा नेपाली लुगा घरका संचालक प्रकाश भुसालले बताए । मेलास्थलमा पुगेका समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेको उनले बताए ।

आगलागीबाट ठुलो क्षति ब्यहोरेको डेल्टाले दुई महिनापछि फेरि उठ्ने प्रयास गरेको हो । टेन्ट लगाएर जुत्ता मेलामार्फत आफ्ना उपभोक्तालाई सेवा दिने तयारी भैरहँदा यहाँकै केही ब्यापारीहरुबाट नै बिरोध भएको हो ।बिरोधमात्र गरेर मेलास्थलमा आएर कुनै पनि हालतमा मेला लगाउन नदिने उनीहरुबाट धम्की आएको उनले बताए ।

रुपन्देही व्यपार संघले यसअघि नै उक्त मेला रोक्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई ध्यानाकर्षण पत्र पठाएको थियो ।

मेला स्थलमा तोडफोडको विषयमा संघका अध्यक्ष दिपक अधिकारीले अनविज्ञता प्रकट गरेका छन् । मेलास्थलमा भएको घटनाका बारेमा आफूलाई कुनै जानकारी नभएको उनले बताए । उक्त मेलाबाट स्थानीय व्यवसायी मर्कामा पर्ने भएकाले संघले मेला रोक्न ध्यानाकर्षण गराएको भने उनले जानकारी दिए । अध्यक्ष अधिकारीले अनविज्ञता प्रकट गरेपनि तोडफोडमा रुपन्देही ब्यापार संघका केही पदाधिकारी समेत संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय ब्यापारीहरुले आफुखुसी मनलाग्दी नाफा खाईरहेकोमा कम्पनीहरुले छुटमा बेच्न थालेपछि नाफा गुम्ने डरले ब्यापारीले अवरोध गर्न खोजेको मेलामा आएका एक उपभोक्ताले बताए ।

नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने बताइएको मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको ब्यवस्था गरिएको मेला आयोजकले बताएका थिए । दशैसम्म संचालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल विक्रि वितरण हुने र करिव पाँच करोड बरावर लक्ष्यसहित मेला आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  १० : ५० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित