२ बैशाख २०८२, मंगलबार | April 15, 2025

दोसो बुटवल जुत्ता चप्पल व्यापार मेला भदौ ९ गतेदेखि सुरु

मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने



बुटवल । बुटवलमा दोस्रो जुत्ता चप्पल ब्यापार मेला २०८१ लाग्ने भएको छ । भदौ ९ गते आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिषरमा जुत्ता मेला लाग्ने भएको हो ।

नेपाली लुगा घरको आयोजनामा दशैसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । मेला आयोजक मुल समितिका संयोजक तथा नेपाली लुगा घरका संचालक प्रकाश भुसालले नेपालमै उत्पादन भएका जुत्ता सिधै ग्राहकको हातमा पुर्याउनका लागि जुत्ता मुलाको आयोजना गरिएको बताए ।

बुटवल मिलन चोकमा रहेको डेल्टा मार्टका परिषरमा लाग्ने जुत्ता मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको ब्यवस्था परिएको भुसालले जानकारी दिए । उनले पहिलो प्राथमिकता ग्राहकलाई दिइएको मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने जानकारी दिए । दशैसम्म संचालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल विक्रि वितरण हुने र करिव पाँच करोड बरावरको कारोबार हुने संयोजक भुसालले जानकारी दिए ।

केही समय अगाडि आगलागीबाट डेल्टा मार्टले करोडौको नोक्सानी बेहोर्नु परेको उल्लेख गर्दै भुसालले जुत्ता मेलाबाट अगाडि तग्रिन लागेको प्रतिकृया दिए । मेलामा सबै उमेर र वर्गका लागि जुत्ता चप्पल राखिने बताइएको छ । हिन्दुहरुका चाडपर्वहरुलाई लक्ष्यित गरेर आयोजना गरिएको जुत्ता चप्पल मेलामा ४० वटा विभिन्न कम्पनीका स्टलहरु रहने फुटवेयर मेनिफेक्चरिङ्ग एशोसियशन नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ८ : ४१ बजे

मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण

मुस्ताङ । मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक

तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’

प्रथम रेडपाण्डा महोत्सव सुरु

खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

राजविराज । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी