३१ भदौ २०८१, सोमबार | September 17, 2024

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन् ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो । त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो । एमाले(कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । ८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले पाएको मत करिब दुई तिहाइ हो । आचार्यले राखेको प्रस्तावको विपक्षमा जम्मा ११ जनाले मत दिए भने ५ जना अनुपस्थित भए ।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् । विपक्षमा भने माओवादी र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका छन् । यस्तै राप्रपाका सांसद भने तटस्थ बसेको सभामुखले जानकारी दिए । राप्रपाका ४ सांसद रहेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ४ : ३९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित