३० चैत्र २०८१, शनिबार | April 12, 2025

दिवंगत आत्माको शान्तिको कामना गर्दै बुटवलमा निकालियो गाईजात्रा



बुटवल । यस वर्ष दिवंगत भएका आफ्नो एकाघर आफन्तहरुको स्मरणमा बुटवलमा गाईजात्रा निकालिएको छ । नेवाः सेवा समितिको संयोजनमा बुटवलमा गाईजात्रा निकालिएको हो ।

सेवा समितिको सदस्य घर तथा निकट टोलका १३ दिवंगतहरुको स्मरणमा गाईजात्रा निकालिएको नेवाः सेवा समितिका अध्यक्ष चिरिन्जिवी श्रेष्ठले जानकारी दिए । बुटवलको मझगाउँ स्थित नेवाः छेँ (नेवाः घर)बाट सुरु भएको गाईजात्रा देबीनगर, तीनकुने, इट्टाभट्टी, पुरानो बसपार्क, तिनाउपुल तरेर पुरानो बटौली बजार हुँदै जनबिनायक गणे मन्दिर पुगेर समापन भएको थियो ।

नेवाः समुदायमा हरेक गाईजात्राका दिन एक वर्षभरिमा दिवंगत भएका सदस्यहरुको स्मरणमा गाईको प्रतिक तथा बिभिन्न भेषधारण गरि मृतकका आफन्तहरुको घरघरमा पुगेर सगुन लिने प्रचलन रहँदै आएको छ । जात्राका दिन गाई तथा बिभिन्न भवानका आकृतिमा बालबालिकालाई सजाउनुका साथै, तामयमचा, श्रद्धान्जदी गीत संगीत सहित बाजागाजा बजाउँदै बजार परिक्रमा गर्ने गरिन्छ । गाईजात्रामा सृङ्गारिएर बालबालिकालाई सगुन दिएमा मृत आत्माले मुक्ति पाउने जनविश्वास रहँदै आएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  १२ : १२ बजे

आजको मौसम : यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो