७ मंसिर २०८१, शुक्रबार | November 23, 2024

नेवाः समुदायको क्वाति पुन्ही, यस्तो छ क्वातिको महिमा



नेपालगन्ज । आज रक्षाबन्धन, ऋषितर्पणी, जनैप्रर्णिमाकारुपमा सबै हिन्दुहरुले मनाएजस्तै नेवाः समुदायले आजका दिनलाई क्वाति पुन्हीकारुपमा मनाउने गर्दछन् । नेपाल संवत् अन्तर्गत गुँला महिनाको पूर्णिमाका दिन यो समुदायमा तातो झोल खाने प्रचलन रहँदै आएको छ । नेवाः समुदायले भने गुन्हीपुन्हि (क्वाति पुन्हि)का रुपमा यसलाई मनाउने गर्दछन् ।

धान रोपेर थकित शरीरमा स्फूर्ति ल्याउन तात्ततो झोल पिउने परम्परा बसालेर नेवाः समुदायले आजको दिनलाई पर्व बनाएको बताइन्छ । काठमाडौं उपत्यका र वरिपरि नेवार बाहुल्य क्षेत्रम ९ वटा गेडागुडीको समिश्रणमा कवाः गु ति ‘क्वाति’ खाने प्रचलन रहेको छ । क्वाः अर्थात् तातो, ति भनेको झोलको स्वादिलो परिकार हो ।

क्वाति खाने दिन
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको ‘क्वाँति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले ‘क्वाति’ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

क्वाँति पकाउने आ-आफ्नै तरिका हुन्छ, भुटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँति तयार पारिन्छ । आजको दिन क्वाँति खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँतिलाई ‘न्वाँगी’ पनि भनिन्छ ।

इतिहासकार प्राध्यापक डा त्रिरत्न मानन्धर क्वाति पुन्हि नेवा समुदायको मौलिक चाड भएको बताउँछन् । यस चाडले स्थानीय रुपमा उत्पादित खाद्य सामाग्रीको उपयोगमा समेत जोड दिएको उनी बताउँछन् ।

‘किसानहरु आराम गरेर बसेको समयमा गुंपुन्हिका दिन यसरी तातो तातो झोलमा ९ थरीका गेडागुडी राखेर क्वाति खानु नेवार समुदायको मौलिक पर्व हो, उनले भने, खेतमा रोपाँई सकेर थाकेर बसेका किसानलाई पौष्टिक आहार दिने दिन हो आज।’

अहिले क्वाति खाने चलन नेवार समुदायमा मात्रै सीमित भने छैन। गैर नेवार समुदायमा पनि क्वाति खाने चलन सरु भइसकेको छ। क्वातिमा प्रयोग हुने गेडागुडीमा धेरै प्रोटिन पाइने भएकोले यसको प्रयोग बिस्तार हुँदै गएको हो।

क्वाति खाने चलन अरु समुदायमा पनि विस्तार हुँदै जाँदा तातो झोल पिउनुको अर्थ पनि बदलिएको छ।

आजको दिन नेवार समुदायका मानिसले मात्रै क्वाति पिउँदैनन्। भ्यागुतालाई समेत भात र क्वातिसँगै विभिन्न ब्यञ्जन बनाएर खुवाउने परम्परा समेत रहेको छ। नेपालभाषा यसलाई ब्यांजानकेगु भनिन्छ। ‘ब्यां’ भनेको भ्यागुता, ‘जा’ भनेको भात हो ।

खेतमा काम गरेका किसानलाई जस्तै खेतको हेरचाह गर्ने भ्यागुतालाई समेत पौष्टिक आहार आजको दिन खुवाउने गरिएको मानन्धर बताउँछन्। यो धेरैजसो ज्यापु समुदायमा प्रचलित पर्व हो।

क्वातिका फाईदाहरु :

-कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो।
-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
-तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
-यो सजिलै पाच्य हुन्छ ।
-पेटमा अनावश्यक वायु बनाउँदैन ।
-क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले -शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
-रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
-रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।
-पाचनशक्तिमा सुधार ल्याउँछ।
-गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।

 

 

 

 

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  २ : २७ बजे

जागरणसभा गरेर दरबारमार्ग क्षेत्र फोहर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना

काठमाडौं । महानगरको दरबारमार्ग क्षेत्रमा फोहर गरेको भन्दै काठमाडौं महानगरपालिकाले

विद्युतीय प्रणालीमा समस्या आएपछि राहदानी सेवा अवरुद्ध

काठमाडौं । राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै

काठमाडौं । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि

जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई

काठमाडौं । जापानका विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पस, जापानी भाषा विभाग

नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन

काठमाडौं । राजधानी काठमाडौंबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने