३१ भदौ २०८१, सोमबार | September 17, 2024

निजी क्षेत्रमैत्री कानून निर्माणमा सांसदहरुको जोड



काठमाडौं । सांसदहरुले निजी क्षेत्रमैत्री नीति निर्माणमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गर्नेमा उनीहरुले प्रतिबद्धता जनाएका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहेको उल्लेख गरे । उनले वर्तमान सरकार गठन भएयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको समेत बताए ।

“निरन्तर निजी क्षेत्रसँग निरन्तर संवाद जारी छ । उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल भइरहेको छ”, उनले भने, “समस्या समाधानका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम भइरहेको छ ।” उनले सरकारले निर्माण गर्ने कानुन पनि एकोहोरो ढङ्गको नहुने भन्दै निजी क्षेत्रमैत्री नै हुने उनको भनाइ थियो ।

त्यसअवसरमा महासङ्घका तर्फबाट संसदमा बिचाराधीन र निजी क्षेत्र सम्वद्ध करिब डेढ दर्जन कानुनमा आवश्यक सुधारसम्बन्धमा बुँदागतरुपमा प्रस्तुतीकरण दिइएको थियो ।

विशेष अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संशोधनले वातावरण तयार पारेको बताए । उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगहरुको दर्ता हुने क्रम बढेको जानकारी दिए । उनले महासङ्घले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झक्झाइरहेको धारणा राखे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसदमा बिचाराधीन विद्युत् र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउनेमा प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारणलाइनलगायतमा निजी क्षेत्रको प्रवेशका विषयमा पनि सरकारले छलफल गरिरहेको वताए ।

सङ्घीय संसद् प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा छलफल भइरहेको उल्लेख गर्दै बृहत् छलफल पनि मात्रै निर्णय गरिने बताए । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको वताए । लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्वाध काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले निजी क्षेत्रलाई काम गर्न कानुन बाधक नहुने बताइन् । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक गतिविधि बढाउनका लागि पार्टी निजी क्षेत्रको साथमा रहने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले निजी क्षेत्रलाई सम्मानजनक व्यवहार आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गरी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिए ।

महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराए । “निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त हामीले देखिरहेका छौँ त्यसैले कानुनसम्मत व्यवसाय गर्दा अवरोध हुनुहुँदैन”, उनले भने । उनले लगानी र उत्पादन निरुत्साहित हुने गरी कानुन निर्माण हुन नहुनेमा जोड दिए । त्यस अवसरमा एक सयभन्दा बढी सांसदहरु उपस्थित थिए ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ९ : १८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित