१ बैशाख २०८२, सोमबार | April 14, 2025

दशौँ राष्ट्रिय खेलकुद कर्णालीप्रतिको विश्वास हो : मुख्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषय कर्णालीप्रतिको विश्वास भएको बताएका छन् । वीरेन्द्रनगरमा आज आयोजित १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रममा उनले प्रतियोगिता आयोजनासँगै प्रदेशको देश तथा विदेशबाट मूल्याङ्कन हुने प्रष्ट पारे ।

अहिले नै खेलकुद प्रतियोगिताका लागि दिनगन्ती सुरु हुने बेला नभएको उल्लेख गर्दै उनले त्यसअनुसार अहिलेको व्यवस्थापन कमजोर भयो भन्न नहुने धारणा राखे । मुख्यमन्त्री कँडेलका अनुसार निर्धारित समयानुसार आगामी मङ्सिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ ।

प्राप्त बजेटबाट दक्षतापूर्वक काम देखाउन खेलकुद परिषद्लाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले ठाउँठाउँ पुगेर विभिन्न माग नराख्न पनि ध्यानाकर्षण गराए । गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी गराउँदै उनले कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई ध्यान दिएर खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम् प्रयास गरिने प्रतिबद्धता जनाए ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्ने दायित्त्व पूरा गरिने उनको भनाइ छ । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेटलगायत व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रमको अध्यक्षता गरेका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले निर्धारित खेलमध्ये थप खेल समावेश गर्न आफ्नातर्फबाट गर्नुपर्ने काम आन्तरिक रूपमा बढाइरहेको जानकारी दिए ।

प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको उल्लेख गर्दै उनले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र कर्णालीले दुई अङ्कको पदक लिनुपर्ने चुनौती देखिएको बताए ।

मन्त्री भण्डारीले यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षणसहितका आवश्यक व्यवस्थापनका लागि तयारी भइरहेको बताए । उनले व्यवस्थापनको पक्षमा कुनै पनि किसिमका अभाव हुन नदिन प्रदेश खेलकुद विकास परिषद्लाई निर्देशन दिए ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ७ : ४१ बजे

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक

बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल