३१ भदौ २०८१, सोमबार | September 17, 2024

आफु अपहरणमा परेको झुठो सूचना दिनेमाथि उपद्रवको मुद्दा



नेपालगन्ज । बाँकेमा आफैलाई अपहरण गरिएको खबर दिएर प्रहरीलाई दौडधुप गराउने एकजना विरुद्ध उपद्रवको मुद्दा चलाईएको छ । आफु अपहरणमा परेको नाटक गर्दै प्रहरी सहित साथीहरुलाई भ्रमित पार्ने भरत तिवारीलाई प्रहरीले उपद्रवको मुद्दा चलाएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का २६ वर्षीय तिवारीले आफ्नै ह्वाट्सएपबाट साथीहरुलाई आफू अपहरणमा परेको म्यासेज पठाएर मुक्त गराउन पहल गरिदिन आग्रह गरेका थिए । गत साउन ३० गते आफ्नै ह्वाट्सएपबाट साथीहरुलाई आफु अपहरणमा परेको म्यासेज गरेपछि साथीहरुले प्रहरीलाई खबर गरिदिएका थिए । सूचनाका आधारमा प्रहरीले खोजतलास गर्न ठुलै संख्यामा प्रहरी खटाएको जनाएको छ । उनले म्यासेजमा आफू अपहरणमा परेको र आफ्नो मोटरसाइकल न्यूरोडमा रहेको बताएका थिए ।

सोही दिनको राती १० बजेतिर भरतले आफै प्रहरीलाई फोन गरेर आफू डुडुवाको कम्दीस्थित खेतको बीचमा भागेर आइपुगेको बताएपछि प्रहरी त्यहाँ पुगेर उसलाई ल्याएको थियो । प्रहरीका अनुसार तिवारीले आफ्नो मोबाईलमा ३ वटा फेक ह्वाट्सएप आईडी खोली आफ्नो साथिहरुलाई आफु अपहरण परेको कुरा सोही ह्वाट्सएप मार्फत जानकारी गराउने गरेका थिए ।

प्रहरीको अनुसन्धानबाट तिवारीले आफैले अपहरणको म्यासेज पठाएर नाटक गरेको पुष्टि भएपछि उनलाई उपद्रवलाई मुद्दा चलाएर थुनामा राखिएको प्रहरीले जनाएको छ । तिवारीले यस अघि आफुलाई धर्मगुरु भन्दै कथा, प्रवचन गर्दै हिँडेने गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : ०८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित