३१ भदौ २०८१, सोमबार | September 17, 2024

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण



बागलुङ । तमानखोला गाउँपालिका-१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकारी दिए ।

चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए । “ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ५१ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित