३१ भदौ २०८१, सोमबार | September 17, 2024

पर्वतमा एक सय २२ पूर्वाधार योजना सम्पन्न



पर्वत । जिल्लाका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सम्पन्न भएका हुन् ।

गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट एक सय ५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकामा एक सय २२ वटा योजना सम्पन्न भएका र बाँकी निर्माणाधीन रहेका जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश मातहतका एक सय ३३ योजना र सङ्घीय सरकारअन्तर्गतका १९ वटा योजनामध्ये सडकतर्फ छवटा ठूला आयोजना सम्पन्न भएका तथा सातवटा मर्मत गरिएका हुन् ।

उक्त कार्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार २० वटा योजना बहुवर्षे ठेक्कामा गएका छन् भने वन क्षेत्रलगायत विवाद कारण १० वटा योजना कार्यान्वयन भएका छैनन् । ती योजनाको रकम पनि फ्रिज भएको छ ।

गत आवमा डिमुवा-राम्जा-चित्रे साढे पाँच किलोमिटर र चिसापानी-हातेमालो चोक-त्रिवेणी-वहाकीभञ्याङ-पोखराचौर सडक आठ किलोमिटर कालोपत्र गरिएको छ । यसैगरी सेराबेँसी-मोहरिया-भुकताङ्, फलेवास नगरपालिका-३ स्थित नुवार-सहिदचोक-चुचुनदेउराली सडक पाँच सय ६० मिटर र वाँझावारी-राम्चे-चौतारा-शङ्करपोखरी सडक पाँच सय ६० मिटर, मख-ठूलीपोखरी-देउपुर-देउराली-जोगीथुम दुई किलोमिटर, मिलनचोक-धाइरिङ-घाखेत चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ ।

सडक पूर्वाधार निर्माणकै क्रममा लिदीखोलामा पुल निर्माणाधीन छ । पैंयुँ गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलको एक साइड क्याप लेभलसम्मको काम पूरा भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ११ : ०८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित