१९ आश्विन २०८१, शनिबार | October 5, 2024

आज राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम



काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् ।बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

यस्तै, सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको २१औँ वार्षिक प्रतिवेदन, २०८१ सभा समक्ष पेस गर्नेछन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : ५२ बजे

बाढीपहिरो प्रभावितको पीडा – ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

सिन्धुली । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय