३१ भदौ २०८१, सोमबार | September 17, 2024

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले विधेयकको प्रतिवेदन पेश गरेकी हुन् ।

सभापति सुवदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेकी हुन् । प्रतिवेदन पेश गर्दै उनले विधेयक पारित गर्ने अवस्थासम्म सबै दल एक ठाउँमा उभिएको जनाउँदै अब यसलाई पारित गरेर कार्यान्वयन गर्नेबेलासम्म एकै ठाउँमा उभिनुपर्ने बताइन्।

यही साउन २४ गते प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले यो विधेयकलाई सर्वसम्मतिले पास गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ साल फागुन २५ गते यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ६ : ०२ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित