३१ भदौ २०८१, सोमबार | September 17, 2024

पूजाअर्चना भन्दै देशैभरका मन्दिर पुग्ने गरेका पूर्वराजा ज्ञानेन्द्र पशुपति कोटिहोम ज्ञान महायज्ञमा अनुपस्थित



काठमाडौं । पूजाआजाको बहाना बनाउँदै देशदौडाहामा हिँडिरहने पूर्वराजा ज्ञानेन्द्र शाख काठमाडौंमा नै लागेको १ महिने श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा भने उपस्थित भएका छैनन् । पशुपतिनाथ परिसरमा झन्डै एक महिना देखी जारी  ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा पुर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छैनन् ।

हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शिर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पुर्व राजा शाह र अध्यक्ष थापा भने अझै पुगेका छैनन् । उनीहरू दुवैलाइ आयोजकले निम्तो पठाएपनि उनीहरुको महायज्ञमा अनुपस्थित भएका हुन् ।

‘धेरै जसो आइसक्नु भएको छ, पुर्व राजा र कमल थापालाइ पनि निम्तो त हामीले पठाएका थियौं, उहाँहरू भने अझै आइपुग्नु भएको छैन्’, कोटी होम प्रचार बिभाग प्रमुख राजानन्द माण्डब्यले भने, ‘सायद फुर्सद नभएर हुन सक्छ, त्यसमाथी अझै २–३ बाँकी रहेको छ, सायद आउनुहोला ।’

साउन १ देखी सुरू भएको सो कोटीहोम मानव सेवा आश्रम निर्माणलगायतका उदेश्यसहित गरिएको हो । जहाँ आचार्य कृष्ण दमाइ, राधा दासी, देवी प्रतिभा, देवी चन्द्रकला सखीलगायतले प्रवचन दिएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ०९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित