२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बाँकेमा स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तीमा विविध कार्यक्रम



नेपालगन्ज । कांग्रेस बाँकेले सामाजिक कार्य गर्दै नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्मजयन्ती मनाएको छ । स्वर्गीय कोइरालाको ८६औं जन्मजयन्तीका अवसर पारेर नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाएर जन्मजयन्ती मनाएको हो ।

सामुहिक भोजनको अवसरमा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले सुशील कोइरालाको सादगी जीवनशैलीको अनुशरण गर्नुपर्नेमा जोड दिए । सुशील कोइरालाको प्रेरणा र मार्गदर्शन कांग्रेसजनका निम्ति सदा अनुकरणीय रहेको भन्दै उनले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर संविधान जारी गर्ने कोइराला नेपाली राजनीतिमा सदा स्मरणीय रहने बताए ।

नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् नेपाल सरकारका पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले सुशील कोइराला कांग्रेसको गर्विलो नेता भएको स्मरण गरे ।

कार्यक्रममा पार्टी सभापति गौडेलले मानव सेवा आश्रमकी अध्यक्ष सरिता खनाललाई पार्टीको तर्फबाट १५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । दीप प्रज्ज्वलन तथा स्वर्गीय कोइरालाको तस्बीरमा माल्यार्पण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

जिल्ला सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा महासमिति सदस्य लक्ष्मी नारायण शाह, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली (बादी), जिल्ला सदस्य उमा थापा मगरलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । निलसागर सेवा आश्रममा हाल २३५ जना आश्रित छन् ।

आजै स्वर्गीय कोइरालाको जन्मजयन्तिमा जानकी गाउँपालिकामा वृक्षरोपण गरिएको छ । कांग्रेस जानकी गाउँपालिका कार्यसमितिको आयोजनामा मानपुरस्थित कन्या विद्यालयमा वृक्षरोपण गरिएको कांग्रेस बाँकेले जनाएको छ । पालिका सभापति दयाराम यादवको अध्यक्षता एवम् कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता र जिल्ला सभापति गौडेलको बिशिष्ट आतिथ्यतामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : १२ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%