२८ मंसिर २०८२, आइतबार | December 15, 2025

शेयर बजारमा ऐतिहासिक कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज हालसम्मकै उच्च रकमको कारोबार भएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७ करोड माथिको कारोबार भएकोमा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको हो । निरन्तर उच्च अङ्कको उकालो देखिएको नेप्से परिसूचकमा आजको कारोबार रु २७ अर्ब नाघेको छ ।

नेप्से परिसूचक आज ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । आज तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा रु २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ बराबरको कारोबार भएको छ ।

कुल बजार पुँजीकरण रु ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार तीन सय पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दजशमलव ८५ र वित्त समूह चार दशमलव ८१ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २२ करोड ८० लाख ७२ हजार चार सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को रु २६ लाख ६९ हजार तीन सय ५० बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : २१ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर