२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

जनार्दनले गरे पार्टी नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव, नेतृत्व छोड्न प्रचण्डलाई सुझाव



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन ।

सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन ।

पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन् ।

शर्माले पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग समेत गरेका छन् । उनले अध्यक्षसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहेर तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका छन् ।

शर्माले हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

शर्माले आफ्नो लिखित प्रस्तावमा मुल नेतृत्व र उसको वरिपरि रहेको समुहले आफुप्रति पार्टी फुटाउन लागेको आरोप लगाएको उल्लेख गरेका छन् । आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको उनले उल्लेख गरेकाछन् । आठौं महाधिवेशनको हलको मर्म र भावनाअनुसार अडान राख्दा आफुविरुद्ध भ्रम फैलाइएको उनको आरोप छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १२ : ४३ बजे

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड

बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले

रङहरुको पर्व फागुः भक्तपुरका नेवाः समुदायमा पृथक ढङ्गको फागु

भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन

‘सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले