२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

बडिगाड पहिरो : ५० परिवार विस्थापित



बागलुङ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका-९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।

हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ ।

स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए ।

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उनले बताए । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उनले बताए । रासस

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : ३८ बजे

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ, २२ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको

मेलम्चीको पानी काठमाडौँमा वितरण सुरु

काठमाडौँ । मेलम्चीको खानेपानी वितरणकार्य सुरुभएको छ । काठमाडौँको सुन्दरीजल

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

काठमाडौं । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी