३१ भदौ २०८१, सोमबार | September 17, 2024

भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा



नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् ।

बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए । “यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो”,उनले भने,“भोलीपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु पर्यो ।” अस्पतालमा लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि सिफारिस भएका बिरामी आउने गर्दछन् ।

सिटिस्क्यान मेसिन बिग्रिएको करिव एक महिना भइसकेको छ । अस्पतालका प्रमुख डा प्रकाश थापाले सिटिस्क्यान मेसिन नियमित रुपमा सञ्चालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिए । उनले शुक्रवार भेरी अस्पताल नेपालगञ्जमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलसँग सिटिस्क्यानको समस्या देखाउँदै नयाँ सिटिस्क्यानको माग समेत गरेका थिए ।

पोखरेलले तत्काल नयाँ मेसिन खरिदको सम्भावना नभएकोले पुरानै मेसिन मर्मत गरी सेवा प्रवाह गर्न निर्देशन दिदैँ दोस्रो त्रैमासिकसम्म नयाँ मेसिन खरिदको प्रक्रिया अघि बढाउने जानकारी दिए ।

भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण सेवा सुविधामा थप्दै गएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १२ : ५६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित